काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १६ करोड २८ लाख ३५ हजार सात सय तीन रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ६१ लाख ८० हजार पाँच सय ३१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १९ करोड ५९ लाख ५३ हजार सात सय १० रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा ११ अर्ब ६० करोड ६६ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ३४ करोड ६२ लाख ६४ हजार आठ सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब आठ करोड ४४ लाख ७४ हजार चार सय ९८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १८ दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले १० अर्ब सात करोड २९ लाख ४२ हजार ७० रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ९१ करोड १८ लाख १५ हजार चार सय २९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८८ करोड १७ लाख एक हजार चार सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।