काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दूधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरू सहयोग उपलब्ध गराएको छ ।
बैकका अनुसार विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरिएको हो । कुल एक सय ३८ भन्दा धेरै विद्यार्थीहरूले पठनपाठन गरिरहेको यस विद्यालयका लागि यस बैंकका जनकपुर सर्कल हेड श्री उत्सुक राज श्रेष्ठज्यूले उक्त विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई एक कार्यक्रमका बीच झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेश कुमार झा, शिक्षक तथा शिक्षिकाहरू, विद्यार्थीहरू र बैंकका तर्फबाट बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
यो सहयोगले विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।