काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड ३६ लाख ८४ हजार पाँच सय छ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा सस्थाको यस्तो नाफा छ करोड १३ लाख २६ हजार दुई सय २८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार चार सय नौ रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब १७ करोड ९३ लाख ८३ हजार सात सय ४६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७० करोड ६६ लाख २५ हजार चार सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३३ करोड ३९ लाख ७३ हजार सात सय २३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब ८९ करोड ४९ लाख दई सय ८१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २६ करोड ६५ लाख ७१ हजार ९१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ११ लाख ४५ हजार छ सय ९२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।