काठमाडौं । टेलिटल्क प्रालिले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त सर्भिस सेन्टरमार्फत पोको ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यस अत्याधुनिक सर्भिस सेन्टरले ग्राहकहरूलाई द्रूत, भरपर्दो र ग्राहक–मैत्री सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । सेन्टरमा दक्ष प्राविधिक टोली, आधुनिक डाइग्नोस्टिक सुविधा तथा गुणस्तरीय स्पेयर पाट्र्सको व्यवस्था गरिएको छ, जसले ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्नेछ । ग्राहकहरूले सेन्टरमा डिभाइस जाँच, सफ्टवेयर सपोर्ट, वारेन्टी सेवा, मर्मत, नियमित मर्मतसम्भार तथा प्राविधिक परामर्शजस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।