काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्ने भएको छ
नेपालका युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले जेठ १६ गते, शनिबार टोकास्थित स्केटर्स नेपालमा उक्त कार्यक्रम हुन लागेको हो । नेपाली युवासँग अझ बलियो सम्बन्ध निर्माण गर्ने उद्देश्यका साथ ब्रान्डले मोटरसाइकलभन्दा बाहिर गएर संगीत, फ्रिस्टाइल खेल, सिर्जनात्मक तथा सहरीका युवा संस्कृतिमा आधारित अनुभव प्रदान गर्दै आएको छ । कार्यक्रममा स्टन्ट सो तथा बीएमएक्स प्रदर्शन, स्केट तथा बी–बोय प्रस्तुति, ग्राफिटी आर्टका आकर्षक गतिविधिका साथै र्याप तथा डिजे सेसन पनि समावेश गरिनेछ । यसले युवापुस्तालाई मनोरञ्जन र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । ‘राइड. पावर. मोसन.’को भावनालाई केन्द्रमा राखेर आयोजना गरिने ‘पल्सर आरपीएम’ले आजको पुस्ताको ऊर्जा, उत्साह र आत्मअभिव्यक्तिलाई उत्सवका रूपमा प्रस्तुत गर्ने कम्पनीको भनाइ छ । कार्यक्रममा काठमाडौंभरिका राइडर, स्केटर, नृत्य, कलाकार तथा सङ्गीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।