इनरुवा (सुनसरी) । गणतन्त्र दिवसको उपलक्ष्यमा सुनसरी जिल्ला मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिकाका विभिन्न भाग परिक्रमा गरी महानन्द पार्कमा गएर सो कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले महानन्द पार्कमा संयुक्त रुपमा झण्डा तोलन गरका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिलगायतको प्रभातफेरी कार्यक्रममा सहभागिता थियो ।
दिवसकै अवसर पारेर इनरुवा नगरपालिकाको कार्यालयले पहिलो पटक इनरुवा ‘डे’ को आयोजना गरेको छ । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगरपालिका स्थापना भएको दिनलाई मानेर नगरपालिकाको कार्यालयले पहिलोपटक इनरुवा डे कार्यक्रमको आयोजना गरिएको बताए ।