काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड २२ लाख १५ हजार ६५ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ११ करोड ६० लाख ५८ हजार एक सय ३३ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी २९ करोड १३ लाख ३७ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा दुई अर्ब ४९ करोड ९२ लाख ४७ हजार तीन सय ६० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब सात करोड ७३ लाख ९० हजार चार सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ३६ लाख ९४ हजार चार सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा २१ दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब ४३ करोड एक लाख ९९ हजार ७५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब दुई करोड २९ लाख ३४ हजार नौ सय ६४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड २१ लाख ७४ हजार नौ सय ७८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा २० दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।