काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५ चिसेनी डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय विजय तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेटसहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ हल्दुखाल बस्ने २७ वर्षीय मनोज बहादुर सिंह, ४८ वर्षीय उदय भट्ट र २९ वर्षीया हिमा सिंह रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२००४ प ७७५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कार्गिलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–११ अमरबस्ती बस्ने २२ वर्षीय अर्जुन मल्ल, सोही नगरपालिका–१० भीमबस्ती बस्ने २६ वर्षीय नविन सुनार र कृष्णपुर नगरपालिका–८ बस्ने ३० वर्षीय गणेश विष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले बाग्मती प्रदेश०२–०२८ प ०९३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
नुवाकोटको विदुर नगरपालिका–१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ५२ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१० गैरीखर्क बस्ने २४ वर्षीय युनिक तामाङ भन्ने सन्देश तामाङ र रसुवा कालिका गाउँपालिका–३ धारापानी बस्ने २१ वर्षीया युनिषा तामाङ भन्ने पुष्पा तामाङ रहेका छन् । प्रहरी चौकी सिमुटार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरी चोकस्थित मनोकामना मोबाइल सेन्टर पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २४ ट्याब्लेट, डाइक्लोमाइन ८ सय ४९ ट्याब्लेट, स्पास्पेन २५ ट्याब्लेट र नगद १ लाख २२ हजार ३ सय ९० रूपैयाँसहित सोही ठाउँ बस्ने २९ वर्षीय एकराज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको धरान उपहानगरपालिका–१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेटसहित सोही ठाउँ बस्ने २० वर्षीय निशान राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानसमेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ६७ मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा रिब्दीकोट गाउँपालिका–८ फेक घर भएका ३२ वर्षीय सुसान भन्ने सुसन रायमाझी र २२ वर्षीय उमेश रावत रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–१० शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित सोही नगरपालिका–१० खयरडाँगी बस्ने ३६ वर्षीय मनोज बराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिका–३ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय उमेश श्रेष्ठ भन्ने सञ्जिब श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४५ ग्रामसहित सोही उपमहानगरपालिका–९ बङ्ग्राकटान बस्ने २७ वर्षीय निराजन ठकुल्लालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न रहेका भारत पलिया बस्ने २८ वर्षीय रिङ्गल गुप्तालाई समेत नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।