विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल मात्र होइन, यो नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताएका छन् ।
नेपालको कोशी प्रदेशमा पर्ने सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा सगरमाथा दिवस मनाइने गरिएको छ । यहि ऐतिहाकि दिनको सम्झनामा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले सो धारणा व्यक्त गरेका हुन् ।
[caption id="attachment_94642" align="alignnone" width="482"]

Nepal Everest Ascent Anniversary[/caption]
जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिमालहरु पग्लिने, सुक्ने तथा हिमाली पर्यावरणीय प्रणालीमा गम्भीर संकट उत्पन्न हुने जोखिम बढ्दो रहेको बताउँदै मुख्य मन्त्री कार्कीले शुभकामना सन्देशमा कोशी प्रदेश सरकार हिमाली पर्यावरण संरक्षण, सुरक्षित पर्वतीय पर्यटन र दिगो विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने दृढ सङ्कल्पित रहेको उल्लेख गरेका छन् ।