नवलपुर । कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । योसँगै कजारियाले गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ ।
राइनो टायल एण्ड मार्बल ट्रेड लिक्द्वारा व्यवस्थापन गरिएको नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायल सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउनेछ ।
यस शोरुमको औपचारिक उघाटन मंगलबार गरिएको थियो । कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड २०२४ आस्मा कुमारी केसी, कजारिया रमेश टायल्सका वरिष्ठ प्रतिनिधि र राइनो टायल एण्ड मार्बल ट्रेड लिक्को व्यवस्थापन टोलीको सहभागिता थियो । ग्राहकलाई आकर्षित गर्ने र सहजता दिनेगरी शोरुम व्यवस्थापन गरिएको छ ।
‘यहाँ आउने ग्राहकले कजारिया उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्प प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्नेछन्’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।
राइनो टायल एण्ड मार्बल ट्रेड लिक्सँगको साझेदारीमा ठूला शहरमा मात्र सीमित नभई बाहिरका समुदायसम्म पुग्ने प्रयास जारी रहने कम्पनीले जनाएको छ । ‘नवलपुरका स्थानीयको घर निर्माण तथा पुनःनिर्माण योजनालाई साकार पार्न मद्दत पुगोस् भन्ने यो शोरुमको उद्देश्य हो’ कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले भने । यो शोरुम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ ।