काठमाडौं । साओमीले नेपालमा नयाँ स्मार्टफोन साओमी १७ टी को प्रि–अर्डर खुला गरेको छ । आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो ।
साओमी १७ टीमा लाइकाद्वारा डिजाइन गरिएको ट्रिपल क्यामेरा सेटअप रहेको छ । यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, लाइका अल्ट्राप्योर अप्टिक्स तथा लाइका समिलक्स लेन्स प्रविधि समावेश गरिएको छ, जसले फोटोमा अझ स्पष्ट विवरण, गहिराइ र उत्कृष्ट डायनामिक रेन्ज प्रदान गर्छ । यस स्मार्टफोनमा लाइका ५ एक्स टेलिफोटो क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा तथा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । साथै यो फोनमा ६.५९ इन्चको १.५के एमोलेड डिस्प्ले रहेको छ, जसमा अधिकतम ३५०० निट्स ब्राइटनेस उपलब्ध भएकाले बाहिरी उज्यालोमा पनि सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसमा साओमी भिजन केयर, ३८४० हर्ज पीडब्लुएम डिमिङ तथा डीसी डिमिङजस्ता आँखाको सुरक्षासम्बन्धी विशेषता समावेश छन् । १२० हर्ज रिफ्रेस रेटले फोनको प्रदर्शनलाई अझ स्मुथ बनाउँछ । करीब २०० ग्राम तौल रहेको यो स्मार्टफोन आईपी६८ प्रमाणित भएकाले पानीका छिटा तथा धुलोबाट पनि सुरक्षित रहन्छ ।
६५०० एमएएच क्षमताको ब्याट्री रहेको साओमी १७ टी ले ६७ वाट हाइपरचार्ज तथा २२.५ वाट वायर्ड रिभर्स चार्जिङ सपोर्ट गर्ने जनाइएको छ । यसमा ४ एनएम मिडियाटेक डाइमेन्सिटी ८५००–अल्ट्रा फ्ल्यागशिप चिपसेट प्रयोग गरिएको छ । साओमीको उन्नत थ्रीडी आइसलुप कुलिङ सिस्टमले गेमिङ तथा लाइभ स्ट्रिमिङजस्ता भारी प्रयोगका समयमा फोनलाई चिसो राख्न र स्थिर प्रदर्शन कायम गर्न मद्दत गर्नेछ । साथै यस स्मार्टफोनले वाइफाइ ६ई डुअल सिम तथा एनएफसी सपोर्ट गर्ने भएकाले नेटवर्क कनेक्टिभिटी, सिग्नल क्षमता तथा प्रयोगको लचकता अझ राम्रो बनाउँछ । यो फोन भायोलेट, ब्लु र ब्ल्याक गरी तीन आकर्षक रंगमा तथा १२÷५१२ जीबी भेरियन्टमा उपलब्ध हुनेछ ।
यो स्मार्टफोनको प्रि–अर्डर गर्दा ग्राहकहरूले पाँच हजार पाँच सय रुपैयाँबराबरको विशेष अफर प्राप्त गर्नेछन्, जसअन्तर्गत २ हजार ४९९ रुपैयाँ पर्ने रेड्मी बड्स६ प्ले र २ हजार ९९९ रुपैयाँको पर्ने साओमी ट्याग निःशुल्क प्रदान गरिनेछ । साथै प्रि–अर्डर २९ मे देखि ६ जुन २०२६ सम्म खुला रहने जनाइएको छ । साओमी १७ टी को नेपाली बजार मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।