काठमाडौं ।
कोरोनाबाट शनिबार थप आठसहित चार सय ६८ जनाको मृत्यु भएको छ । शनिबार काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सप्तरी, कैलाली, बझाङ र बर्दियाका एकएक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ६८ पुगेको हो । शनिबारसम्म ७१ हजार आठ सय २१ जना कोरोनाबाट संक्रमित भएका छन् ।
संक्रमितमध्ये ५३ हजार १३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । १८ हजार तीन सय ४१ जना अझै सक्रिय संक्रमित छन् । २५ हजार संक्रमित भएपछि पुनः लकडाउन लगाउनुपर्ने माग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । तर, आधा जति होम आइसोलेसनमा छन् ।
शनिबार प्राप्त विवरणअनुसार शुक्रबार दिउँसोदेखि शनिबार दिउँसोसम्मको २४ घण्टामा काठमाडौंको असनका ७४ वर्षीय एक पुरुष, ललितपुरको पाटनका ७६ वर्षीय पुरुष, भक्तपुर चाँगुनारायणाका ८८ वर्षीैय पुरुष, बझाङ घर भई शिवपुरी काठमाडौंमा कार्यरत २० वर्षीय सैनिक जवान, मकवानपुरको हेटौंडा ९ का ७४ वर्षीय पुरुष, गुलरिया–७ का ५० वर्षीय पुरुष, कैलालीको गोदावरी नगरपालिका–१ का ३० वर्षीय पुरुष र सप्तरी राजविराज–३ का ६३ वर्षीय पुरुषको पनि शनिबार मृत्यु भएको छ ।