काठमाडौं ।
यस साता सेयर बजार परिसूचक १५ सय ६१ दशमलव २७ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय नौ दशमलव ५७ अंकमा पुुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा एक सय ९९ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार दुुई लाख ६१ हजार आठ सय ४९ पटकको कारोबारमा चार करोड चार लाख ७९ हजार चार सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १२ अर्ब १५ करोड ४३ लाख ३९ हजार दुुई सय २३ रुपैयाँ पुुगेको छ । कारोबार रकम गत साताको तुुलनामा घटेको हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय दुुईवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार एक लाख ९७ हजार दुुई सय ४४ पटकको कारोबारमा चार करोड १३ लाख ७२ हजार दुई सय तीन कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १३ अर्ब ९७ करोड तीन लाख ९३ हजार एक सय ४९ रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । सोमध्ये पहिलो, चौथो र पाँचौँ दिन बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो र तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक तीन अंकले उकालो लागेर १५ सय ७५ दशमलव १८ अंकमा चढेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ अंकले उकालो लागेर तीन सय १३ दशमलव ६२ अंकमा चढेको थियो ।
दोस्रो दिन भने बजार परिसूचक छ दशमलव १२ अंकले ओरालो लागेर १५ सय ६९ दशमलव छ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३८ अंकले ओरालो लागेर तीन सय १२ दशमलव २४ अंकमा झरेको थियो । तेस्रो दिन पनि बजार परिसूचक २२ दशमलव ९१ अंकले ओरालो लागेर १५ सय ४६ दशमलव १५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८४ अंकले ओरालो लागेर तीन सय सात दशमलव ३९ अंकमा पुगेको छ ।
चौथो दिन भने परिसूचक नौ दशमलव ३७ अंकले उकालो लागेर १५ सय ५५ दशमलव ५२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ अंकले उकालो लागेर तीन सय आठ दशमलव ३४ अंकमा चढेकोे थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक पाँच दशमलव ७४ अंकले उकालो लागेर १५ सय ६१ दशमलव २७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २३ अंकले उकालो लागेर तीन सय नौ दशमलव ५७ अंकमा चढेको थियो ।
यस साता नेपाल बैंक, नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, आदिको बढी रकम कारोबार भएका छन् । कारोबार भएको सेयर संख्याका आधारमा भने यस साता नेपाल बैंक, नेशनल हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।
बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरू अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यस साता लिवर्टी इनर्जी कम्पनी, प्रभुु बैंक डिवेञ्चर २०८४, एनएलजी इन्स्योरेन्स कम्पनी, छ्याङदी हाइड्रोपावर कम्पनी र समाज लघुुवित्त वित्तीय संस्थाको बोनस, हकप्रद र साधारण सेयर सूचीकृत भएका छन् ।