काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक सात दशमलव २१ अंकले ओरालो लागेर १५ सय ५३ दशमलव ६२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७९ अंकले ओरालो लागेर तीन सय सात दशमलव ८२ अंकमा झरेको छ । यसदिन कुुल एक सय ९२ वटा कम्पनीहरूको कारोबार भएका छन् । ती कम्पनीहरूको ३३ हजार नौ सय ३३ पटकको कारोबारमा ७३ लाख पाँच हजार एक सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा कुुल कारोबार रकम एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार नौ सय ६८ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार तीनवटा समूहको सूचक उकालो लागेका छन् भने नौवटा समूहको सूचक ओरालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव ८२ अंकले ओरालो लागेर १२ सय ४३ दशमलव ७९ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि शून्य दशमलव ६८ अंकले ओरालो लागेर १८ सय ४६ दशमलव ८७ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ४४ दशमलव ९९ अंकले ओरालो लागेर सात हजार सात सय ६३ दशमलव १८ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ४२ दशमलव ९६ अंकले ओरालो लागेर नौ हजार पाँच सय १७ दशमलव ५० अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, अन्य र लघुुवित्त समूहको सूचक पनि क्रमशः २४, १० दशमलव आठ, दुई दशमलव आठ, चार दशमलव ९४ र १३ दशमलव ५८ अंकले ओरालो लागेका छन् ।
जलविद्युत् समूहको सूचक भने यसदिन २८ दशमलव पाँच अंकले उकालो लागेर १३ सय आठ दशमलव ४३ अंकमा चढेकोमा उत्पादनमूलक समूहको सूचक पनि छ अंकले उकालो लागेर दुई हजार नौ सय ९६ दशमलव ६४ अंकमा चढेको छ । यसैगरी सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य दुई अंकले उकालो लागेर १० दशमलव ६९ अंकमा चढेको छ ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय १० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ९३ प्रतिशतले बढेर एक सय ५५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल फाइनान्स, युनिभर्सल पावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सपोर्ट माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य तीन दशमलव ६२ प्रतिशतले घटेर आठ सय ५२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि तीन दशमलव ५५ प्रतिशतले घटेर एक सय ६३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, एनसीसी बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन सबैभन्दा बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा अरुण कावेली पावर लिमिटेड पहिलो स्थानमा परेको छ । उक्त कम्पनीको प्रतिकित्ता दुुई सय २८ रुपैयाँ अन्तिम मूल्यमा १७ करोड ४१ लाख ८४ हजार दुई सय ३९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको एक सय १९ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ६२ लाख ७६ हजार एक सय ३७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुुनर्बीमा कम्पनी, नेपाल बैंक, कुमारी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।