काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहिबार भने सेयर बजारमा उत्साह देखिएको छ । अघिल्ला दिनहरुमा लगातार ओरालो लागेको बजार परिसुचक आज २० दसमलव ६१ अंकले उकालो लागेर १५ सय ७१ दसमलव चार अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ९८ अंकले उकालो लागेर तीन सय १० दसमलव १५ अंकमा चढेको छ । आज कुुल एक सय ९२ कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ४७ हजार ३२ पटकको कारोवारमा ९९ लाख ३० हजार आठ सय ३० कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम दुुई अर्ब ८० करोड ७७ लाख आठ हजार एक सय ३७ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुुसार जलबिद्युुत र सामुुहिक लगानी कोष समुहको सुचक ओरालो लागेकाछन भने बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त सहितका १० वटा समुहको सुचक उकालो लागेकाछन ।