काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्रीद्वय अजुर्ननरसिंह केसी र गगन थापालाई कोरोना पुष्टि भएको छ । नेता केसीले आफूलाई कोरोना पुष्टि भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको र पार्टीबाट आधिकारिक रुपमा थापा नपाएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गरेका छन् ।
आफूलाई संकेत नदेखिए पनि सेल्फ क्वारेन्टाइनमा रहेको केसीले जनाएका छन् । केसीसहित कांग्रेसका अन्य नेतालाई पनि कोरोना लागेको बताइएको छ ।
भोलि सोमबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक प्रयोजनको लागि स्वाब संकलन गरिएकामा केसी, थापासहित कांग्रेसका अन्य नेताहरुलाई पनि कोरोना पुष्टि भएको छ ।