सुबास बस्नेत
दोलखा ।
दोलखाको वैतेश्वर गाउँपालिका ३ मिर्गेको जैनालुमा चार दिनदेखि सर्पले घर नछाडेपछि नाग भन्दै सर्पको पूजा गरेर दुध खुवाइएको छ । वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेको जैनालु गाउँमा रहेको बिन्दा तामाङको घरमा बुधबार दुईवटा सर्प देखापरेका थिए । तर दिनदिनै अन्य सर्पहरूपनि थपिन थालेपछि नाग देउता उत्पन्न भएको भन्दै सर्पको पूजा गरेका हुन् ।
घरको आगनमा सर्प देखेपछि लखेट्न खोजेको तर धपाउन खोज्दा सबै सर्पले आफ्नो शरीरको आकार परिवर्तन गरेर टाउको र जीउ फुलाउने गरेको स्थानीय यमकुमार तामाङले बताए । दिनदिनै तामाङको घरमा सर्पहरूको संख्या बढेपछि नाग देवताको आगमण भएको भन्दै स्थानीयले सर्पलाई दुध खुवाउन थालेका हुन् ।