काठमाडौं । कृषि विकास बैंकले काठमाडौँँ जिल्लाको मुलपानी फुयाँल गाउँमा पनि सुविधासम्पन्न आधुनिक बैंकिङ कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार कागेश्वरी नगरपालिकामा पूर्ण आधुनिक बैंकिङसहित नयाँ शाखाको रूपमा सेवा सञ्चालन शुभारम्भ गरिएको हो । सेवा शुभारम्भको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, काठमाडौँँ जिल्ला क्षेत्र नं. २ का प्रदेश सभा सदस्य मणिराम फुयाँल, कागेश्वरी नगरपालीकाका मेयर कृष्णहरि थापा, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू तथा नेपाली कांग्रेश क्षेत्र नं २ का क्षेत्रीय सभापति उपेन्द्र कार्की, कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाँललगायत स्थानीय विद्यालयका प्रधानाध्यापकहरू तथा भद्रभलादमीहरूको उपस्थिति रहेको थियो । कोभिड १९ कारणले औपचारिकरूपमा कार्यालयको उद्घाटन हुन नसके पनि न्यूनतम अपनाउनु पर्ने सावधानी अपनाई बैंकिङ सेवा सञ्चालनको शुभारम्भ भएको हो । उक्त अवसरमा कृषि विकास बैंकका प्रदेश कार्यालय वाग्मतीका प्रमुख सुन्दरप्रसाद खतिवडा, विभागीय प्रमुख अजयकुमार रिमाल, विभागीय प्रमुख तथा प्रवक्ता हिमलाल पौडल, कृषि विकास बैंक प्रदेश कार्यालय काठमाडौँँका छगेन्द्र आचार्यलगायत अन्य कर्मचारीहरूको समेत उपस्थित रहेको थियो । (आर्थिक दैनिकबाट)