काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही कात्तिक तीन गते कम्पनीको कार्यालय जमलमा १३औं वार्षिक साधारणसभा गर्न लागेको हो । सभाले कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट छ दशमलव पाँच प्रतिशत अर्थात् एक करोड ३९ लाख ७४ हजार रुपैयाँबराबरको नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।