नयाँ दिल्ली ।
दक्षिण एसियाली देश भारतले कोरोना महामारीको राहतस्वरुप केही कर्जाको ब्याजदर लेभीमा छुट दिने भएको छ । उसले दुई करोड भारुभन्दा माथिको कर्जामा ब्याजदर लेभीमा छुट दिने भारतीय सर्वोच्च अदालतलाई बताएको नयाँ दिल्लीबाट रोयटर्सले समाचारमा जनाएको छ ।
यो सहायता कोभिड १९ ले प्रभावित ऋणीलाई दिन लागिएको हो । यसबाट लाखौँ भारतीय ऋणी प्रभावित हुने बताइएको छ । यससम्बन्धी सर्वोच्च अदालतमा मुद्दा परेपछि भारत सरकारले अदालतलाई उक्त जानकारी गराएको बताइएको छ ।
विभिन्न रियल इस्टेट कम्पनी र पावर युटिलिटीहरुले छ महिनाको रिपेमेन्टमा छुट दिए पनि ब्याजदरमा थप लेभी लगाउने योजनाविरुद्ध अदालतमा मुद्दा हालेका थिए । साना व्यवसायमा प्रवाहित कर्जा र शिक्षा तथा हाउजिङलगायतले पनि यसबाट लाभान्वित हुनसक्नेछन् ।
यद्यपि सरकारको यो निर्णयले बैंकिङ क्षेत्रमा पर्ने प्रभावबारे केही अनुमान गरेको छैन । यदि सरकारी योजनाअनुसार ६ महिनाको छुट दिने हो भने यसले बैंकिङ क्षेत्रमा ६० खर्ब भारु खर्च हुनसक्नेछ ।