काठमाडौं ।
नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी ‘फेस्टिभ बोनान्जा’ स्किम ग्राहकवर्गहरुमाझ ल्याएको छ । यस योजनाअन्तर्गत होण्डा कारका ग्राहकहरुले १० लाखसम्मको नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् ।
यस योजना अवधिभर ग्राहकहरुले होण्डा कारको खरिदमा १० लाखसम्मको आकर्षक नगद छुटका साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, एक वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सात वर्षको फाइनान्स सुविधा, एक लाख किमिको वारेण्टी साथै पाँच वर्षको फ्रि सर्भिसका समेत प्राप्त गर्न सक्नेछन् ।
यसका साथै फाइनान्समा लिन इच्छुक ग्राहकहरुको लागि न्यूनतम ४.५ प्रतिशतसम्मको ब्याजदरमा नेट ३० प्रतिशतको न्यूनतम डाउनपेमेन्ट गरी होण्डा कार चढ्नसक्ने कम्पनीले जनाएको छ । यसका साथै स्किम अवधिभर गाडी खरिद गर्ने ग्राहकबाट गोलाप्रथा छनौट गरी एक जनालाई १० लाख रुपैयाँ नगद उपहार प्रदान गरिने कम्पनीको भनाइ छ ।