काठमाडौं ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले बुधबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक छ गते बन्द हुुनेछ ।
बिक्री खुला भएको कुुल सेयरमध्येमा चार प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता सेयर कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २७ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि छुट्याइएको छ । सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि दिन सक्नेछन् । अधिकृत पुँजी एक अर्ब ५० करोड र जारी पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।