काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार बिहीबार उक्त संस्थाको २४ प्रतिशतको अनुपातमा एक लाख ४८ हजार चार सय ६६ दशमलव ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो । पछिल्लोपटक प्रतिकित्ता नौ सय ८३ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण भने ७५ करोड ४० लाख ३५ हजार सात सय आठ रुपैयाँ पुगेको छ । नेप्सेमा भने संस्थाको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको सात करोड ५४ लाख ३५ हजार सात सय आठ रुपैयाँबराबरको सात लाख ६७ हजार ७६ कित्ता सेयर सूचीकत रहेको छ ।