काठमाडौं ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न साइकल -याली गरेको छ । कम्पनीले शनिबारका दिन भद्रकालीदेखि कागेश्वरी सहिद पार्कसम्म हुन गइरहेको साइक्लिङ प्रतियोगिता बक्स अफिस साइक्लिङ २०२० नेपाली मन नेपाली सिनेमा, आन्तरिक पर्यटनमा सेवा साइकल चलाउ, प्रदूषण हटाऊ, पर्यावरण जोगाऔं भन्ने मूलनारालाई आत्मसात् गर्दै इन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिप्रतियोगी पाँच लाखको निःशुल्क दुर्घटना बीमाको साथै सोसँग सम्बन्धित विविध आर्थिक सहयोग समेत गरेको छ ।
यसैगरी कम्पनीले विगतमा पनि आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यका साथै शारीरिक तथा मानसिक स्वच्छताका लागि एडभेन्चर स्पोट्र्सअन्तर्गत फष्र्ट वोमन जर्नालिस्ट एभरेष्ट इक्सपिडिसन मुन्थाई बक्सिङ स्पोट्र्स इभेन्टजस्ता क्रियाकलापहरुमा सहयोग तथा सहभागिता जनाइसकेको छ । हाल चुक्ता पुँजी एक अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षमा ३५ करोड ८२ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा २८ करोड ६८ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।