मोरड. ।
युएईमा आयोजना भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका १६ भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साह, सोही ठाउँ बस्ने ३५ वर्षीय मंजित साह, सोही महानगरपालिका १५ जानकी मन्दिर छेउ बस्ने २८ वर्षीय अपजर अली रहेका छन् ।
पुरुषोत्तमको घरमा आईपीएल खेलको सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र को.१८ प ६८८९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।