काठमाडौं ।
नेपाल बैंक लिमिटेडले मोबाइल बैंकिङलगायतका विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएको छ । बैंकले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरूको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यही कात्तिक एक गतेदेखि निक्षेप खाताहरूमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट एकाउन्ट, मेरो सेयर, सीआस्वा र भिसा डेविट कार्ड निःशुल्क प्रदान गर्ने भएको हो ।
विक्रम् संम्वत् १९९४ कात्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भई नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले देशको ६४ जिल्लामा रहेका आफ्ना एक सय ९१ शाखा, एक सय २६ एटीएम तथा ३६ वटा एक्सटेन्सन काउन्टरमार्फत देश र आम नेपालीको बैंकिङ सेवामा समर्पित रही अत्याधुनिक बैंकिङ सुविधाहरू उपलब्ध गराउँदै आइरहेको छ ।