सुबास बस्नेत
दोलखा ।
कोरोना भाइरसका कारण यो वर्ष दोलखा जिल्लाभित्रका धार्मिक स्थल दशैंमा पनि सुनसान देखिने भएका छन् । जिल्लामा अहिले पनि सक्रिय कोरोना संक्रमित भेटिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले धेरै भीडभाड हुने दोलखाको भीमेश्वर मन्दिरलगायतका धार्मिक स्थलमा निषेधाज्ञा जारी गरेको छ । दोलखाका शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक अन्य भीडभाड हुने काम नगर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र दोलखाले गत शुक्रबार निर्णय गरी दोलखा जिल्लाभित्र रहेका विशेष चाडपर्वमा दैनिक भीडभाड हुने दोलखाको भीमेश्वर मन्दिरलगायतका अन्य क्षेत्रमा रहेका सबैखाले मन्दिरमा निषेधाज्ञा जारी गरेको हो । दशैँमा बाक्लो भीडभाड हुने भीमेश्वर मन्दिर यो पटकको दशैँमा सुनसान छ । अघिल्लो वर्ष भीमेश्वर मन्दिरना यो समय दैनिक हजारौं भक्तजन र बलिदिने मानिसको मन्दिरमा खचाखच भीड हुने गर्थे तर अहिले कोरोना भाइरसको कारण मन्दिर लामो समयदेखि बन्द रहेको छ ।
जिल्लाका नौ स्थानीय तहभित्र रहेका सानाठूला सबै मन्दिरमा जात्रा, पूजा तथा बली दिने, काटमार गर्ने गतिविधिमा रोक लगाइएको हो ।कोरोना भाइरसका कारण यो वर्ष दोलखा जिल्लाभित्रका धार्मिक स्थल दशैंमा पनि सुनसान देखिने भएका छन् । जिल्लामा अहिले पनि सक्रिय कोरोना संक्रमित भेटिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले धेरै भीडभाड हुने दोलखाको भीमेश्वर मन्दिरलगायतका धार्मिक स्थलमा निषेधाज्ञा जारी गरेको छ । दोलखाका शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक अन्य भीडभाड हुने काम नगर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र दोलखाले गत शुक्रबार निर्णय गरी दोलखा जिल्लाभित्र रहेका विशेष चाडपर्वमा दैनिक भीडभाड हुने दोलखाको भीमेश्वर मन्दिरलगायतका अन्य क्षेत्रमा रहेका सबैखाले मन्दिरमा निषेधाज्ञा जारी गरेको हो । दशैँमा बाक्लो भीडभाड हुने भीमेश्वर मन्दिर यो पटकको दशैँमा सुनसान छ ।
अघिल्लो वर्ष भीमेश्वर मन्दिरना यो समय दैनिक हजारौं भक्तजन र बलिदिने मानिसको मन्दिरमा खचाखच भीड हुने गर्थे तर अहिले कोरोना भाइरसको कारण मन्दिर लामो समयदेखि बन्द रहेको छ । जिल्लाका नौ स्थानीय तहभित्र रहेका सानाठूला सबै मन्दिरमा जात्रा, पूजा तथा बली दिने, काटमार गर्ने गतिविधिमा रोक लगाइएको हो ।