काठमाडौं ।
सिद्धार्थ बैंकले दशैँ धमाका योजना सार्वजनिक गरेको छ । बैंकले बैंक लिमिटेड चाडपर्वको अवसर पारी ग्राहकहरूलाई लक्षित गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफवान सफ्टसँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ एप, सिद्धार्थ बैंक स्र्माटमार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले बैंक स्मार्टमार्फत कारोबार गर्दा सिद्धार्थ बैंक स्मार्ट एप क्रियाशील गर्दा मोबाइल टपअपअन्तर्गत कात्तिक ६ देखि मंसिर ५ गतेसम्म पहिलो पटक बैंक स्मार्ट एप क्रियाशील गर्दा ५० रुपैयाँको कोमोबाइल टप अप प्राप्त गर्नेछन् ।
यसैगरी डिजिटल दक्षिणाअन्तर्गत कात्तिक १० देखि १४ गतेसम्म कारोबारको विवरणमा दक्षिणा लेखी तीन पटक रकम (न्यूनतम एक सय रुपैयाँ) ट्रान्सफर गर्दा तीन सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । पहिलो र थप तीन कारोबारमा क्यास ब्याकअन्तर्गत कात्तिक ६ देखि मंसिर ५ गतेसम्म कारोबारको विवरणमा माइ फष्र्ट लेखी पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २० प्रतिशत अर्थात् अधिकतम एक सय रुपैयाँ क्यास ब्याक हुुनेछ । थप तीन कारोबार गर्दा तीन सय रुपैयाँ क्यास ब्याक हुुनेछ । यो क्यास ब्याक पाउन पाँच सय रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार गर्नुपर्नेछ ।
यसैगरीे कात्तिक ६ देखि मंसिर ५ गतेसम्म कम्तीमा दश वा सोभन्दा बढी कारोबार गर्दा एफवानसफट्ले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहकहरूलाई मोबाइल फोन उपहार प्रदान गर्नेछ । योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अझै प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यास ब्याक योजना दिँदै आएको र आगामी दिनहरूमा पनि यस्ता योजनाहरू निरन्तर लागू गर्दै जाने बैंकको योजना रहेको छ ।