काठमाडौं ।
नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ । एसियाली विकास बैंक (एडीबी) को चेन फाइनान्स प्रोग्रामद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।
ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋणमार्फत बजारमा रहेका कठिनाइहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्ने जानकारी पनि बैंकले दिएको छ । एडीबी व्यापार वित्त कार्यक्रम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा चेन फाइनान्स प्रोग्रामद्वारासँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आएको नबिलको हाल एक सय १९ शाखा, एक सय ८५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाकोरुपमा काम गर्दै आएको छ ।