सोल ।
आर्थिक वर्षको तेस्रो त्रैमासिकमा दक्षिण कोरियाको कार निर्यात यहाँको भन्सार कार्यालयले शुक्रबार जनाएको छ । कारको निर्यातबाट जुलाई–सेप्टेम्बरमा कूल नौ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कारोबार भएको र यो अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ३.४ प्रतिशतको वृद्धि हो ।
तेस्रो त्रैमासिकमा सेडानको आयातमा ६.९ प्रतिशतले कमी आउँदा दुई अर्ब ७० करोड अमेरिकी डलरले कमी आएको पनि कार्यालयले बताएको छ । निर्यात रकम वृद्धिमा उच्च निर्यात मूल्यको योगदान रहेको बताइएको छ । चार पांग्रे सवारीसाधनमा औसत निर्यात मूल्य प्रतिएकाइ १७ हजार ६२७ ले वृद्धि भई ८.२ प्रतिशत पुगेको उल्लेख छ । मूल्यको हिसाबले सेडानको निर्यात संयुक्त राज्य अमेरिका, क्यानडा तथा बेलायतमा दुई अंकमा विस्तार भएको तर रूस, साउदी अरब तथा स्पेनमा निर्यातमा दुई अंकले नै कमी आएको छ ।