काठमाडौं, पुस १४
नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् । शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगितामा २ सय सीसी सेगमेन्टमा पविन कार्कीले दोस्रो र भिम होनाले तेस्रो स्थान हासिल गरे । त्यसैगरी १ सय ५० सीसी सेगमेन्टमा नवीन खड्गीले दोस्रो र प्रताप बस्नेतले तेस्रो स्थान हासिल गरे ।
पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः ३५ हजार, २० हजार र १५ हजार नगद प्राप्त गरेका छन् । काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सम्पन्न बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ अर्थात नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक सो प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको थियो । मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो रेसिङ प्रतियोगितामा नोभिस र ओपन गरी दुई क्याटागोरीमा राइडरहरु सहभागी भएका थिए । यसमा १ सय ५० देखि २ सय सीसी सम्मका बाइक गुडाइएका थिए । सो प्रतियोगितामा एक सय भन्दा बढी बाइक राइडरहरुले सहभागिता जनाउने छन् ।