काठमाडौँं, पुस १४ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई मातृशोक परको छ । बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै पोखरेलकी ममतामयी माता दुर्गादेवी उपाध्यायको यही पुुस १३ गते स्वर्गारोाहण भएको जनाएको छ । बैैकले यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति बैंकको सञ्चालक समिति तथा समस्त बैंक परिवारले गहिरो समवेदना प्रकट गरेको व्यहोरा जानकारी गराएको छ ।