काठमाडौं ।
समाज लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३९ लाख आठ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन हजार तीन सय ५० रुपैयाँ मात्र रहेको थियो ।
चुक्ता पुँजी २० करोड रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ३६ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी २१ करोड ३४ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड २७ लाख ७३ हजार रुपैयाँ रहेको छ । निष्क्रिय कर्जाको अनुपात शून्य रहेको संस्थाको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५४ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय पाँच रुपैयाँ १० पैसा रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक करोड आठ लाख ५९ हजार रुपैयाँ निक्षेप संंकलन गरी छ करोड ४४ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन लाख ७४ हजार दुुई सय ८० रुपैयाँ रहेको थियो ।