काठमाडौं । ज्योति विकास बैंकले बढी अनुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गर्ने भएको छ । बैंकको यही कात्तिक १७ गते बसेको सञ्चालक समितिको तीन सय ७४औँ बैठकले हाल रहेको संस्थापक सेयर समूहको ५४ दशमलव ३५ प्रतिशत सेयरमध्ये तीन दशमलव ३५ प्रतिशत सेयरलाई साधारण सेयरमा रूपान्तरण गर्नको लागि अनुमती दिएको हो । यसको लागि नेपाल राष्ट्र बैंकको स्वीकृति एवं अन्य प्रक्रिया पूरा गर्नको लागि बैंकले प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको जानकारी दिएको छ ।