काठमाडौं ।
प्रभु बैंक लिमिटेडले प्रगतिनगरमा पनि शाखा विस्तार गरेको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले बुुधबारदेखि नवलपुर (नवलपरासीपूर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आफ्नो दुई सय ११औं शाखा खोली सञ्चालनमा ल्याएको छ हो ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
बैंकले सबै क्षेत्रमा दुई सय ११ वटा शाखा कार्यालय, एक सय ९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।