काठमाडौँ ।
फर्स्ट माइक्रोफाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाको यही कात्तिक २२ गते शनिबार बसेको एक सय ७१औं सञ्चालक समितिको बैठकले मंसिर १८ गते ११औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । संस्थाले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट नौ दशमलव ५० प्रतिशत अर्थात् सात करोड ६० लाख ७० हजार चार सय ५४ रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका अतिरिक्त संस्थाको हाल कायम रहेको अधिकृत, जारी तथा चुक्ता पुँजी ८० करोड सात लाख ४० हजार सात सय ४६ रुपैयाँलाई वृद्धि गरी ८७ करोड ६८ लाख ११ हजार दुई सय रुपैयाँ पु-याउने प्रस्ताव समेत पारित गर्नेछ ।