काठमाडौँ ।
जीवन बीमक संघ नेपालको प्रथम साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । संघको साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको हो । जसमा सबै पदमा सर्वसम्मत कायम भई नयाँ अध्यक्षमा निर्मलकाजी श्रेष्ठ आएका छन् । उनी मेटलाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान उपाध्यक्ष हुुन् । त्यसैगरी उपाध्यक्षमा पोषकराज पौडेल निर्वाचित भएका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र संघको निवर्तमान महासचिव हुुन् । महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य हुुन् । कोषाध्यक्षमा प्रविन रमण पराजुली चयन भएका छन् । उनी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुुन् । उनी अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष रहेका थिए ।
त्यसैगरी सदस्यहरूमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, राष्ट्रिय बीमा संस्थानका प्रसासक कविप्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण, गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई, आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल निर्वाचित भएका छन् । नेपाल बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले समग्र बीमा क्षेत्रको व्यावसायिक र दिगो विकाशको लागि दुवै संस्था मिलेर जानुपर्ने विषयमा प्रकाश पार्दै नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिए ।
जीवन बीमक संघ नेपालका निवर्तमान अध्यक्ष शिवनाथ पाण्डेले नयाँ कार्य समिति समक्ष रहेका चुनौती र अवसरको लागि सबै पक्षसँग समन्वय गरेर अगाडि बढ्न शुभकामनासहित नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिएका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमा क्षेत्रको सम्रग विकासको लागि बीमकहरू, संघहरू र समिति आपसमा मिलेर काम गर्नुपर्ने बताउँदै नयाँ निर्वाचित कार्यसमितिलाई आगामी कार्यकालको लागि बधाई तथा शुभकामना दिए ।
कार्यक्रमका प्रमुख अतिथिको रूपमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जीवन बीमा क्षेत्रको उल्लेख्य वृद्धीसँगै मुख्यगरी व्यतित बीमालेख कम गर्ने तथा अभिकर्ताको व्यावसायिकता र व्यवस्थापनमा सुधार गर्नुपर्ने चुनौती रहेको बताउँदै नयाँ निर्वाचित कार्य समितिलाई आगामी कार्यकालको लागि बधाई तथा शुभकामना दिए । कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष निर्मल काजी श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गर्दै सबै मिलेर बीमा क्षेत्रको व्यवसायिक विकास र नवीनतम कार्यक्रमहरू सञ्चालन गर्न तथा चुनौतीको मिलेर सम्बोधन गर्न समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।