काठमाडौं । मेगा बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार उक्त बैंकको १८ लाख ४० हजार सात सय ३९ दशमलव ६३ कित्ता हकप्रद सेयर निममित कारोबारको लागि नेप्सेमा सूचीकृत भएको हो । पछिल्लो पटक प्रतिकित्ता दुुई सय ३८ रुपैयाँमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने ३१ अर्ब २६ करोड ९९ लाख १८ हजार नौ सय ३२ रुपैयाँ पुुगेको छ । नेप्सेमा भने बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १३ अर्ब १३ करोड ८६ लाख २१ हजार चार सय रुपैयाँबराबरको १३ करोड १३ लाख ८६ हजार दुई सय १४ कित्ता सेयर सूचीकृत रहेको छ ।