काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने भएको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक वर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी आफ्ना ग्राहकका व्यतीत सबै बीमालेख २०७७ साल मंसिर महिनाभित्र ग्राहकले पुनर्जागरण गरेमा सोमा लाग्ने विलम्ब शुल्कमा शत् प्रतिशत छुट प्रदान गर्नेभएको छ ।