काठमाडौं । लक्ष्मी बैंकले थप तीनवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा थप तीनवटा नयाँ शाखा विस्तार गरेको हो । सो शाखाहरू ललितपुर जिल्लाको ललितपुर–८ पाटन, सुन्धारा, काठमाडौँं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोही जिल्लाको टोखा–३, टोखामा रहेका छन् । यी तीन नयाँ शाखा स्थापनाका साथै बैंकको सञ्जाल ४८ जिल्लामा एक सय २४ शाखा, सातवटा एक्स्टेन्सन काउन्टर, पाँचवटा हस्पिटल सेवा काउन्टर, एक सय ५५ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।