काठमाडौँँ । आरएमडीसी लघुुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको यही मंसिर २२ गते आफ्नो २२ औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । संस्थाले उक्त वार्षिक साधारणसभा मार्फत हाल कायम रहेको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार चार सय २५ रुपैयाँमध्येबाट पाँच प्रतिशत अर्थात् चार करोड ४९ लाख ६६ हजार एक सय ७१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी संस्थाले सोही साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १५ प्रतिशत अर्थात् १३ करोड ४८ लाख ९८ हजार पाँच सय १३ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।