काठमाडौँँ ।
यस साता सेयर बजार परिसूचक १७ सय ७८ दशमलव १२ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ४३ दशमलव सात अंकमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा एक सय ९९ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार एक लाख १४ पटकको कारोबारमा दुई करोड ५७ लाख ३७ हजार तीन सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ९० करोड ७७ लाख ७१ हजार सात सय २० रुपैयाँ पुुगेको छ । कारोबार रकम गत साताको तुुलनामा कम हो । गत साता भने धितोपत्र बजारमा एक सय ९८ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार दुई लाख १४ हजार दुुई सय ३४ पटकको कारोबारमा पाँच करोड ६९ लाख ६९ हजार दुई सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम २० अर्ब २४ करोड ८७ लाख ३४ हजार ३६ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष दुुई कार्यदिन मात्र खुुलेको थियो । जसमध्ये चौथो र पाँचौँ दुवै दिन बजार परिसूचक उकालो लागेको थियो । यीमध्ये चौथो दिन बजार परिसूचक २३ दशमलव ३२ अंकले उकालो लागेर १७ सय ४१ दशमलव ८१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव आठ अंकले ओरालो लागेर तीन सय ३८ दशमलव नौ अंकमा झरेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक ३६ दशमलव ३२ अंकले उकालो लागेर १७ सय ७८ दशमलव १२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९८ अंकले उकालो लागेर तीन सय ४३ दशमलव सात अंकमा चढेको थियो ।
यस साता नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, शिवम् सिमेन्ट लिमिटेड आदिको बढी रकम कारोबार भएको छ भने प्रभुु बैंक, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, अरुण भ्याली हाइड्रोपावर कम्पनी आदिको बढी सेयर खरिदबिक्री भएको छ । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यस साता मेगा बैंक र सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत भएका छन् ।