काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आज सोमबार पुुनः १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही कात्तिक २७ गते पनि राष्ट्र बैंकले १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकका अनुसार आज सोमबार बिक्री गरिने ट्रेजरी बिल पुरानो नवीकरणअन्तर्गतको हो ।
ट्रेजरीको जारी मिति यही मंसिर ९ गते तोकिएको छ । ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीमध्ये ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख रहेको भने एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड रुपैयाँ छ । यसैगरी तीन सय ६४ दिने अवधिको भने ११ करोड रुपैैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
जसमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ फागुुन ११ गते तोकिएको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७८ जेठ ११ गते तोकिएको छ । यसैगरी तीन सय ६४ दिने ट्रेजरीीको परिपक्व हुुने अवधि २०७८ मंसिर ७ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघि यही कात्तिक २७ गते राष्ट्र बैंकले ९१ दिने अवधिको दुुई अर्ब र एक सय ८२ दिने अवधिको ११ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि सरकारको लागि दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोमध्ये चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधि अर्थात् कात्तिक मसान्तसम्ममा ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको छ ।
चालू आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिकाअनुसार चालू आवको दोस्रो चौमासिक अवधिमा ५६ अर्ब र तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ । चालू आवको प्रथम चौमासिकको लागि छु्ट्याइएको कुुल आन्तरिक ऋण तालिकाअन्तर्गत भने सात अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र रहेको थियो । यसैगरी दोस्रो त्रैमासिकको लागि छुुट्याइएको आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।
चालू आवको तेस्रो चौमासिक अवधिमा निष्काशन गरिने कुल आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।