काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ११ करोड ८३ लाख ७१ हजार आठ सय चार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ११ करोड ५३ लाख ९६ हजार सात सय ९३ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २६ हजार पाँच सय ४८ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ८६ पैसा रहेको छ ।