काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कमपनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक नाफा तीन करोड ५४ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अखधिमा कम्पनीको यस्तो नाफा दुुई करोड ७४ लाख ५२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय ५५ रुपैयाँ ६७ पैसा रहेको छ ।