काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको दोस्रो कारोबार दिन सोमबार बैंकको ५० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । पछिल्लो बैंकको प्रतिकित्ता चार सय ३५ रुपैयाँमा सेयर कारोबार भएको छ । बजार पुँजीकरण १९ करोड दुुई लाख ४९ हजार चार सय २५ रुपैयाँ पुुगेको बैंकको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको चार करोड ३७ लाख ३५ हजार पाँच सय रुपैयाँ बराबरको चार लाख ३७ हजार पाँच सय ५५ कित्ता सेयर सूचीकृत रहेको छ ।