वेइजिड. ।
चीन सरकारको सहयोगी नीतिका कारण चीनको हिमाल तथा पहाडी क्षेत्रमा बसोबास गर्ने प्राथमिक तहमा विद्यार्थीले पछिल्ला केही वर्षहरूमा थप गुणस्तरीय शिक्षा आर्जन गर्न पाएका छन् । स्थानीय सरकारमार्फत् हिमाली क्षेत्रका विद्यार्थीलाई विद्यालयमा नै तयार गरी खाना खुवाउने कार्यक्रम निकै लोकप्रिय बनेको र यसका कारण चिसोका कारण हुने स्वास्थ्य समस्यामा कमी आएको जियाङ्सी प्रान्तको हुवाङनी गाउमा रहेको एक विद्यालयका प्रिन्सिपल झाङ झाङलियाङले बताए । आफ्नो विद्यालय हिमाली क्षेत्रमा रहेका कारण कठिनले २० जना विद्यालयमा आउने गरेको तर उनीहरूका लागि स्थानीय सरकारले आकर्षक योजना ल्याइदिँदा विद्यालयको गुणस्तरमा पनि सुधार भएको उनले बताए ।
हिमाली क्षेत्रमा सञ्चालनमा रहेका वा खोलिने प्राथमिक विद्यालयले विद्यालय परिसरमा एउटा ३८ वर्गमिटरको भान्साकोठा निर्माणलाई प्रोत्साहन गरिएको र यसले टाढाबाट लल्याएको चिसो खाजा वा खाना खानुपर्ने बाध्यता दूर भएको उनको भनाइ छ । हुवाङनी गाउको स्थानीय सरकारले प्राथमिक शिक्षामा सुधार ल्याउनका लागि उक्त गाउमा ३० हजार अमेरिकी डलर बजेटको व्यवस्था गरेको स्मरण गर्दै यसले विद्यार्थी तथा उनीहरूका अभिभावकलाई खुसी बनाएको झाङले बताए ।
सरकारले स्थानअनुसार विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न फरक नीति लिनसक्ने र यसको निर्णय स्थानीय सरकारले नै गर्ने गरेको पनि उनले बताए । थर्ड वाङछाङ प्राथमिक विद्यालयले गाउँमा इन्टर्नेट पुगेपछि दक्षिणपश्चिम यूनानको गाउमा रहेर बेइजिङमा सिकाइने कक्षालाई पढ्न पाएको त्यहाँका एक शिक्षकले बताए । जसअन्तर्गत गाउमा नै बसेर विद्यार्थीहरूले सहरमा हुने लोककला, नाच, कम्प्युटरशिक्षा लगायतका सीप आर्जन गर्न पाएका उनले बताए । चीनले पछिल्लो समय गरिबी निवारण तथा नागरिकको शैक्षिक गुणस्तरमा सहयोग गरेको सरकारको बुझाइ छ ।
सन् २०१९ मा चीनमा प्रतिसय विद्यार्थीलाई ११ वटा कम्प्युटर उपलब्ध गराइएको र ग्रामिण क्षेत्रका ६८.७ प्रतिशत विद्यालयमा इन्टर्नेटको बहुँच विस्तार भएको छ । विश्वमा कोभिड–१९ को महामारीको समय पनि सिनच्याङ युगुर स्वायत्त क्षेत्रको युकाब झिचि प्राथमिक विद्यालयमा हरेक दिन विद्यालयका कोठा र विद्यालय परिसरलाई संक्रमणमुक्त गरी पढाइने गरेको छ । यसले विद्यार्थीलाई विद्यालयमा पठाउन अभिभावकलाई ढुक्क बनाएको छ ।
देशभरका विद्यालयहरूले राष्ट्रपति सी चिनपिङको शिक्षामा ग्रामीण नागरिकको पहुँचलाई बढाउने योजना अन्तर्गत फरक फरक स्थानमा फरक फरक योजना ल्याई कलिला बालबालिकालाई सर्वांगीण विकासको अवसर प्रदान गर्ने कार्यक्रम अन्तर्गत आएका हुन् । यसले पिछडिएका क्षेत्रलाई पनि सहरी नागरिकसँग घुलमिल पार्न र शिक्षाको गुणस्तर सुधारमा टेवा पुगेको छ ।
क्युआर कोडमा आधारित विश्व यात्रा प्रणालीको लबिङमा चीन : चीनले अन्तर्राष्ट्रिय यात्रा भ्रमण प्रणालीलाई क्युआर कोडमा आधारित बनाउन लबिङ गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले यसको लागि ‘ग्लोबल मेकानिज्म’ आवश्यक रहेको बताएका हुन् । ‘हामीलाई थप मैत्री नीति र मानकहरु र मानिसहरुको प्रवाहलाई व्यवस्थित रुपमा बढाउन फास्ट ट्र्याक स्थापना गर्न आवश्यक छ’, उनले भने । उक्त कोड यात्रामा निस्किनेको स्वास्थ्य अवस्थाबाट जानकार हुन मद्दत मिल्ने छ । तर मानवअधिकारवादीहरुले भने सीको उक्त लबिङलाई नकार्दै कोड ठूलो राजनीतिक अनुगमन र बहिष्करणमा प्रयोग हुने भन्दै विरोध गरेका छन् ।
जी२० राष्ट्रका नेताहरुको भर्चुअल सम्मेलनमा सीले उक्त लबिङ गरेको बीबीसीले जनाएको छ । जी२० राष्ट्रको अनलाइन सम्मेलन साउदी अरेबियाले आयोजना गरेको हो । सीले व्यक्तिको न्युक्लिक एसिड टेस्ट रिजल्टमा आधारित स्वास्थ्य प्रमाणपत्र थाहा पाउन कोड प्रयोग हुने दाबी गरे । तर उनले यसबारे विस्तृतमा केही नबताएको एजेन्सीहरुले जनाएका छन् ।
क्युआर कोड भनेको मोबाइल फोनबाटै पढ्न सकिने प्रविधि हो । उक्त स्किम चीनले फेब्रुअरीयता प्रयोग गर्दै आएको छ । यसअन्तर्गत प्रयोगकर्तालाई ट्राफिक लाइटजस्तै हेल्थ कोड जारी गरिन्छ, जसमा हरियो कोड पाउने जो कोहीले घुम्ने स्वतन्त्रता पाउँछ भने सुन्तला वा रातो रंगको कोडले उक्त व्यक्ति दुई हप्तासम्म क्वारेन्टाइन बस्नुपर्ने जनाउँछ । यी कोडहरु प्रयोगकर्ता स्वयंले पठाएका तथ्यांक र सूचनाको संयुक्त संयोजनमा आधारित हुन्छन् । उक्त प्रविधि एन्ट फाइनान्सियलले विकास गरेको हो । यो उक्त कम्पनीको मुख्य एप अलिपे मा उपलब्ध छ ।