काठमाडौं ।
मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १३ लाख ५९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १३ लाख ५४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा ५७ करोड ३२ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८३ करोड ८८ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई करोड सात लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ४८ करोड ४५ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड ९८ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ९५ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।