काठमाडौं ।
कर्णाली डेभलपमेन्ट बैंकको खुद मुनाफामा सुधार आएको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ६८ लाख ३४ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ५६ लाख ९१ हजार नौ सय २९ रुपैयाँले ऋणात्मक रहेको थियो । हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिमा चार अर्ब छ करोड २६ लाख नौ हजार पाँच सय ९६ रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ६७ करोड १५ लाख ६३ हजार सात सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई करोड ६० लाख ९० हजार छ सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बंैकको वितरणयोग्य नाफा भने ६४ लाख २९ हजार आठ सय ४७ रुपैयाँ रहेको छ । यस अवधिमा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेड दर भने नौ दशमलव ३० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकले तीन अर्ब ४९ करोड ६० लाख ८७ हजार एक सय ९७ रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ४० करोड ८१ लाख ९४ हजार पाँच सय ८५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड नौ लाख ९८ हजार एक सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव सात प्रतिशत रहेको थियो ।