काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभुप्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवनकुमार श्रेष्ठले संयुक्तरुपमा शुक्रबार बैंकको एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुुन् ।
बैंकले सेवाग्राहीको बढ्दो चापर विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका– ९, नयाँबजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राही लगायत अन्य ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्ने प्रयोजनार्थ एक्सटेन्सन काउन्टर सुरु गरेको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको दुुई सय ६४ शाखासहित दुई सय ३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, दुई सय ३१ शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।